काँग्रेस प्रवक्ता महतको आरोपः भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजियो
काठमाण्डौं। नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३ मा जेन–जी आन्दोलनमाथि सरकारी रवैया गलत रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनको क्रममा सरकारले गरेको बल प्रयोग गलत भएको प्रतिक्रिया दिएका हुन्। प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी, लुटपाटजस्ता घटनालाई वैधानिकता दिन खोजेको आरोप लगाउँदै आपत्ति समेत जनाए । उनले त्यस्ता अपराधिक घटनालाई सरकारले संरक्षण गर्ने र वैधानिक दिने काम ग¥यो भने मुलुकमा फेरी पनि त्यस्ता घटना दोहोरिने समेत स्पष्ट पारे ।
प्रवक्ता महतले भने,‘अहिले सरकारले २३ र २४ गते जुन घटना घट्यो । त्यसलाई वैधानिकीकरण, २४ गतेको जुन घटना घट्यो । जो लुटपाट, फसाद, जुन भयो । त्यसलाई लेजिटीमेसी दिँदा भविष्यमा पनि समस्या आउँछ । सुशासनका लागि आन्दोलन वा प्रोटेक्ट जायज छ । त्यो प्रोटेक्ट गर्दा अत्याधिक बल प्रयोग ग¥यो, त्यो सरकारको तर्फबाट भएको कुरा पनि गलत छ । तर दोस्रो दिन जुन लुटपाट आगजनी भयो । त्यो पनि गलत । हामीले दुवै घटनालाई एक ठाउँमा हालिदियौँ भने भविष्यमा पनि समस्या आउँछ । हामी त्यसलाई लेजिटीमाईज गर्छौ कानूनलाई हामी भंग गर्छौं । त्यस्ता कुरालाई वैधानिकीरकरण पनि गर्छौं भन्ने मान्यता समाजमा स्थापित भइरह्यो भने शान्ति खलल हुन्छ, अनि स्थायित्व आउँदैन । समृद्धि पनि टाढा भाग्दछ ।’
प्रवक्ता महतले मुलुकलाई शान्ति, स्थायित्व र समृद्धि दिनका लागि भदौ २४ को घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने काममा सरकारले ढिलाई गर्न नहुने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE