शुक्रबार, पुस १८, २०८२
Friday, January 2, 2026

प्रतिनिधि सभा निर्वाचनका लागि ६२ दिन बाँकी, मतपत्रको छपाइ आजदेखि

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६२ दिन बाँकी रहेको छ । शुक्रबारदेखि जनक शिक्षाले मतपत्र छाप्दैछ । निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।

आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक सर्त पूरा गरी आवेदन दिन भनिएको छ । सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१ र ८२ सम्मको कर चुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x