मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

मौसम-कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली हिमपातको सम्भावना

तराई–मधेशका धेरै ठाउँमा आज हुस्सु लागेको छ । लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशमा एक दुई दिन दिउँसोपख केहि सुधार आएकोमा आज फेरी हुस्सुले ढाकेको हो ।

देशभर नै पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदलीको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहानरबेलुकाको समयमा तराई क्षेत्रमा हुस्सु तथा कुहिरो दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x