शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

साउदी समर्थित यमनी सेनाद्वारा एसटीसीबाट सेयुन शहर पुनः फिर्ता

काठमाडौं। साउदी समर्थित यमनी सरकारी सेनाले शनिवार यमनको दक्षिण–पूर्वी तेल सम्पन्न प्रान्त हद्रामौतको दोस्रो ठूलो शहर सेयुनलाई पुनः नियन्त्रणमा लिएको छ । सरकारी सैन्य स्रोत र स्थानीय बासिन्दाकाअनुसार यो शहर करिव एक महिनाअघि दक्षिणी संक्रमणकालीन परिषद् एसटीसी ले कब्जा गरेको थियो । सरकारी अधिकारीहरूकाहनुसार एसटीसी सेना सेयुनको विमानस्थल र अन्य प्रमुख राज्य संस्थाहरूबाट शान्तिपूर्ण रूपमा फिर्ता भएपछि सरकारी सेनाले कुनै पनि सशस्त्र भिडन्त बिना नै शहरमा आफ्नो पकड जमाएको छ ।

स्थानीय बासिन्दाहरूले प्रमुख सडक र सरकारी सुविधाहरूमा सरकारी सेना परिचालन गरिएको र सहरको सुरक्षा अवस्था स्थिर रहेको पुष्टि गरेका छन् । यसैबीच, एसटीसीका एक कमाण्डरले साउदी अरबबाट सम्भावित हवाई आक्रमणको चेतावनी आएपछि आवासीय क्षेत्रलाई क्षतिबाट जोगाउन आफ्ना लडाकुहरू अस्थायी रूपमा पछि हटेको बताए। उनले भविष्यमा सैन्य अपरेसन पुनः शुरु गर्ने अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी दिएका छन्।

साउदी समर्थित सयौं यमनी सरकारी सेनाहरूले एसटीसीप्रति वफादार सेनाहरूलाई निष्कासन गर्न र रणनीतिक क्षेत्रमा सरकारी नियन्त्रण पुनः स्थापित गर्न ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेका थिए । साउदी युद्धविमानहरूले सरकारी सेनाको समर्थनमा प्रान्तका विभिन्न स्थानहरूमा हवाई आक्रमण तिब्र पारेका थिए । जसका कारण २० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए । यमनमा सन् २०१४ देखि द्वन्द्व जारी छ । २०१७ मा गठित यूएई समर्थित एसटीसीले दक्षिण यमनको स्वतन्त्रताको माग गर्दै आएको छ । जसले गर्दा साउदी नेतृत्वको गठबन्धनभित्रै पनि शक्ति र स्रोतको बाँडफाँडलाई लिएर बारम्बार विवाद हुने गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x