मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु

काठमाण्डौं। नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा केही समयअघि शुरु भएको हो ।

बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयहरू तथा विशेष महाधिवेशनको बढ्दो दबाबका विषयमा गम्भीर छलफल हुनेछ । पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि पार्टीभित्र तिब्र विवाद उत्पन्न भएको छ । बैठकले महाधिवेशन, क्रियाशील सदस्यता विवाद र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर निर्णय लिनेछ । बैठकलाई लिएर पार्टी पंक्तिमा उत्सुकता बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x