राष्ट्रियसभामा एमालेसँगको गठबन्धन र उम्मेदवार चयन गर्ने निर्णयमा कांग्रेस महामन्त्री थापाको फरक मत
काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँगको गठबन्धन र उम्मेदवार चयन गर्ने निर्णयमा फरक मत राखेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बुधबार गरेको निर्णयमा उनले फरक मत राखेका हुन् ।
उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएका कारण आफूले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा फरक मत राखेको महामन्त्री थापाको भनाइ छ ।
उम्मेदवारी चयनका लागि मंगलबारको बैठकले सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णय गरेको प्रति आफूले आपत्ति प्रकट गरेपछि बुधबार बैठक बसेको महामन्त्री थापाको भनाइ थियो ।
महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा आफूले स्वामित्व नलिने पनि बताए । नेकपा एमालेसँग तालमेलको सैद्धान्तिक आधार के हो भन्ने कुनै स्पष्टता नरहेको उनको भनाइ छ ।
महामन्त्री थापाले महत्त्वपूर्ण निर्णयमा नेताहरूमा महामन्त्रीलाई समेत जानकारी नदिई केही व्यक्तिले घेराबन्दी गर्न खोजेको आरोप लगाए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE