शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार
काठमाडौँ ।हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६ सय ४० दशमलव५४विन्दुमा पुगेको छ ।आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २९ वटा कम्पनीको शेयर बढेकोमा १ सय १५ वटाको घटेको छ ।यस्तै १५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सान्भी इनर्जी कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव १६ प्रतिशतले बढेको छ ।समग्रमा बजार बढेको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ३ दशमलव ९० प्रतिशतले घटेको छ ।आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE