एकता दिवसमा राप्रपाको चियापान कार्यक्रम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की लगायत विभिन्न दलका नेताहरु पनि सहभागी भएका छन् ।
प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गरे ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीसँगै सञ्चारमन्त्री जगदीश खरेल, उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ लगायत विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवालगायतको उपस्थिति छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE