बुधबार, माघ ८, २०८२
Wednesday, January 21, 2026

राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच एकीकरण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच पार्टी एकीकरण भएको छ । मंगलवार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो ।एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिह्न कायम राख्ने सहमति भएको छ । एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

यो एकीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याउने विश्लेषकहरूको मत छ । एकीकृत पार्टीले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेन्डा बनाउने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x