मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेसको देउवा समूहबाट सर्वोच्चमा रिट दर्ता : मंगलबारका लागि पेसी तोकियो

काठमाण्डौं । नेपाली कांग्रेसको नेतृत्वमा विशेष महाधिवेसनबाट निर्वाचित गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ ।

सर्वोच्चले रिटको पेशी पर्सि ६ गतेका लागि तोकेको छ ।

निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् ।

खड्कालगायतका नेताहरूले रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरे पनि सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएको छ ।

देउवा समूहको हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

तत्कालिन महामन्त्री थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशनले गएको पुस ३० गते सभापति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x