सुनिता डंगोललाई काठमाडौं महानगर कार्यबाहक प्रमुखको जिम्मेवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।
मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका हुन् ।
उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ ।
दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो ।रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE