मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

दलहरु प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउन व्यस्त

काठमाडौं । फागुन २१ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको लागि १ दिन बाँकी रहँदा दलहरू उम्मेदवार टुङ्गो लगाउन व्यस्त भएका छन् ।

भोलि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेकाले दलहरू टिकट बाँडफाँटमा केन्द्रित भएका हुन् । एमालेले धेरैजसो निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाइसकेको छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये धेरैमा उम्मेदवार टुङ्गो लागिसकेको एमालेले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा एकलौटी गरेको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ । नेकपाले पनि धमाधम टिकट वितरण गरिरहेको छ । नेकपाले हिजोसम्म ३ वटा प्रदेशमा उम्मेदवार टुङ्गो लगाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय पदाधिकारीको बैठकमार्फत उम्मेदवारहरूलाई चुनावका लागि टिकट दिन शुरू गरेको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि धेरैजसो प्रदेशमा उम्मेदवार टुङ्ग्याइसकेको छ । राप्रपाले १ सय ४० क्षेत्रमा टुङ्ग्याएको छ ।

अरु दलले उम्मेदवार टुंग्याउन शुरू गरे पनि आन्तरिक विवादका कारण कांग्रेस भने अझै अलमलमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x