मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

वामपन्थी नेता तथा पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन

काठमाडौं। पूर्वराज्यमन्त्री एवं पाका वामपन्थी नेता गोविन्दनाथ उप्रेतीको ८२ वर्षको उमेरमा आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित आफ्नै निवासमा आज बिहान ३ बजे उनको निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उप्रेतीको रेखदेख कोरोना कालमा पत्नीको निधन भएपछि भतिजा विष्णुबहादुरले गर्दै आएका थिए ।मध्यपूर्वी क्षेत्रको वामपन्थी आन्दोलनमा ुरातो बाघु उपनामले चिनिने उप्रेती तत्कालीन समयमा सांसद हुँदै श्रम राज्यमन्त्री बनेका थिए ।

राजनीतिक यात्राका क्रममा उनी नेकपा ९माले० बाट एमाले, त्यसपछि पुनः माले हुँदै पछिल्ला वर्षहरूमा नेकपा ९माओवादी केन्द्र मा आबद्ध रहेर सक्रिय थिए । काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको क्षेत्रको विकास निर्माणमा उनको योगदान अतुलनीय मानिन्छ ।वडाध्यक्ष मोतीलाल तामाङका अनुसार उप्रेतीको पार्थिव शरीरमा आज श्रद्धाञ्जली अर्पण गरिने र आफन्तहरू जम्मा भएपछि दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ । उनको निधनले काभ्रेको राजनीतिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x