शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा मुख्यमन्त्री कार्की पनि सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै आयोगले मुख्यमन्त्री कार्कीलाई पत्र पठाएको हो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरू निर्वाचन प्रचारप्रसार वा मनोनयन जस्ता प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x