मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

सभापति गगनसहितका पदाधिकारी सानेपा पुग्दै, नेता-कार्यकर्ताको चहलपहल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केहीबेरपछि सुरु हुँदैछ । विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा त्यसपछि आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुग्दैछन् ।आजको बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।

उपसभापति पुष्पा भुसालले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिन बैठक बोलाइएको बताएकी छिन् ।बैठकअघि पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए ।उपसभापति भुसालका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने छ ।

बैठकमा थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिने, निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x