मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

अफगानिस्तानमा हिमपातका कारण ६१ जनाको ज्यान गयो, १ सय १० जना घाइते

काठमाडौं । अफगानिस्तानमा बुधवार र बिहीवार भएको ठूलो हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको ज्यान गएको छ । आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

समाचार संस्था एएफपीका अनुसार प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या १ सय १० जना भन्दा धेरै रहेको देखाएको छ । विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रमा ठूलो हिमपात र चिसोको सामना गर्नुपरेको छ ।

जसका कारण राजधानी काबुल र कैयौँ प्रान्तहरूबीचको महत्त्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x