मङ्लबार, माघ १४, २०८२
Tuesday, January 27, 2026

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x