मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले बहुमत ल्याउँछः वामदेव गौतम

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् । नेता गौतमले निर्वाचनमा विजयी भएपछि आफ्नो पार्टीको सरकारले बेरोजगारी समस्याको अन्त्य गर्नेगरी समाजवादको आधार तयार पार्ने समेत बताए । उनले हरेक विद्रोहलाई शान्तिमा परिणत हुनेगरी वामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई आफूहरुले अघि बढाएको पनि बताए ।

नेता गौतमले भने, ‘अब यो विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ । हाम्रो पार्टीले यही फागुन २१ गते हुने निर्वाचनमा बहुमत हासिल गर्छ । बहुमत हासिल गर्नसाथ हामीले समाजवादको आधार कसरी सृजना हुनेछ भन्ने हामीले गरेर देखाईदिनेछौ । र कुनै पनि व्यक्ति काम गर्न नपाउने गरी बेरोजगार हुनुपर्ने अवस्था सदाको लागि अन्त्य हुनेछ । सभ्यता र समृद्ध हामीले हासिल गरेर देखाईदिनेछौँ । त्यो ठाउँमा जान हामी तयार भइराखेका छौँ ।’

नेता गौतमले साना साना नदीरुपी पार्टीहरुलाई मिलाएर आफ्नो पार्टीले समुन्द्रको रुपमा लिएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x