मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँः सुनिता डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् । शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताइन् ।उनले शहीदहरुले दिएको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताइन् ।

उनले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरुको बलिदानकै कारण सम्भव भएको बताइन् ।नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको उनको जिकिर छ । कार्यवाहक प्रमुख डंगोलले यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन भएको बताइन्।

शहीदहरुको बलिदानबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्ने उनले बताइन् । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा रहेको उनको जिकिर छ ।
कार्यवाहक प्रमुख डंगोलले शहीदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उनीहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिने गरी काम गर्नुपर्ने बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x