आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

म पुराना नेताहरूको भिडमा छैन, सत्ताको भागबन्डामा सहभागी हुन चाहन्नँः प्रचण्ड

काठमाडौं। नेपााली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले अब आफूलाई सत्ताको लोभ नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा आइतबार एक सन्देश जारी गर्दै दाहालले आफू पूराना नेताभन्दा फरक रहेको दाबी गरेका हुन । अध्यक्ष दाहालले अहिले युवाहरुले उठाएका एजेन्डा आफूले जनयुद्धकै बेलादेखि उठाउँदै आएको पनि बताएका छन ।

उनी भन्छन्, ‘आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू, जेनजी छोराछोरीहरूको सपनाको कुरा हो । धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रस्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन । म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ । म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु ।’

उनले रवि लामिछाने र बालेन शाहप्रति लक्षित गर्दै हरेक चम्किलो चिज हिरा नहुने भन्दै सामाजिक संजालका भ्रमहरुले बहकाउन सक्ने भन्दै सचेत रहन अपिल पनि गरेका छन । अध्यक्ष दाहालले संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेलेको देखे भोगेकै विषय भएको उल्लेख गरेका छन । उनले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको पनि उल्लेख गरेका छन ।

सन्तान, जीवनसंगिनी र सहयोद्धा गुमाएपछि अब सत्ताको लोभ नरहेको भन्दै उनले आफ्नो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्ने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x