मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा पेशीमा चढ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा सभापति रवि लामिछानेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ ।पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको पेशी सोमबारलाई तोकिएको हो ।अधिवक्ता युवराज सफलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धमा रिट दायर गरेका हुन् ।

अधिवक्ता सफलले लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको भन्दै २०७९ चैत २० गते रिट दायर गरेका थिए ।सोमबारका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको हो । पेशी १२ औं नम्बरमा रहेकाले सोमबार नै सुनुवाइ हुने वा नहुने भने टुंगो लागिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x