मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । मौसम आंशिक बदली भएको छ । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आज मध्यम हिमपात र छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिएका छन् ।

लुम्बिनी, बागमती र कोशी प्रदेशका पनि पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ । सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । साथै बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ ।

आज दिउँसो पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आजराति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराइका क्षेत्रमा मौसम सफा रहने अनुमान छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा मध्यम हिमपात र हल्का वर्षाको सम्भावना छ । चिसो बढ्न सक्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई सेवामा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसअघि माघ ९ र १० तथा १३ र १४ गते पनि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिमपात र छिटपुट वर्षा भएको थियो । भोलिदेखि मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x