मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

रुपन्देहीमा दुर्घटना हुँदा २२ विद्यार्थी घाइते

काठमाडौं । रुपन्देहीमा स्कुल बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्लाको ओमसतियामा स्कुलबस र धान बोकेको ट्याक्टर आज बिहान साढे ६ बजे आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

२२ मध्ये दुईजनाको टाउकोमा चोट लागेको छ । अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेमध्ये ११ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा र बाँकीको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मणिग्रामस्थित शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी घाइते भएका हुन् ।

नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको हो । दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x