मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

काठमाण्डौको चुनीखेल नयाँबस्तीमा आगलागी : २४ परिवार विस्थापित

काठमाडौं । काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ ।

गएराति पौने ११ बजेतिरबाट शुरू भएको आगो निभाउन झन्डै ३ घण्टा लागेको थियो । काठमाण्डौ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो ।

आगो लागेलगत्तै ७ जनालाई उद्धार गरिएको थियो । आगलागीका कारण २४ परिवार विस्थापित भएका छन् । आगोले लामो टहरा र त्यहाँ रहेका सरसामान जलेर नष्ट भएका वडाअध्यक्ष टीकानारायण श्रेष्ठले बताए । उनका अनुसार विस्थापितलाई नजिकैका अन्य टहरामा राखिएको छ ।

उनीहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराउने तयारी भइरहेको छ । बिजुली सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x