मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

माइतीघरमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठनको प्रदर्शन

काठमाडौं।  ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन विगेसोले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई सरकारले ३ वर्षसम्म पनि कार्यान्वयन नगरेको भन्दै सङ्गठनले शनिवार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।

उनीहरुले सर्वोच्च अदालतले नेपालीहरूलाई अन्य देशका सेना बनाउन रोक्न दिएको सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकोले विरोध गरिएको जनाएका छन् । सङ्गठनका अध्यक्ष पदमसुन्दर लिम्बुले २०७९ माघ २४ गते सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको दिनलाई सङ्गठनले सकारात्मक रूपमा लिएकाले उक्त आदेशलाई कार्यान्वयन गर्न प्रदर्शन गरिएको बताए ।

प्रदर्शनमा सहभागीहरूले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू मानवअधिकारप्रति जिम्मेवार बन, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर, गोर्खाको पहिचान बेचेर खान पाइँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x