मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

रास्वपाबारे प्रचण्ड, ‘जितेको ठाउँमा जनमत खस्केको छ, नयाँ ठाउँमा भ्रम छर्दैछन्’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाको सामाजिक सञ्जालमा जति प्रचारबाजी भएको सोही अनुसार चुनावी मैदानमा प्रभाव नदेखिएको बताएका छन् ।

काठमाडौँमा मंगलबार भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पहिले जितेको ठाउँमा जनमत खस्किएको जिकिर गरे ।
अहिले नयाँ ठाउँमा भ्रम छरेर प्रभाव जमाउन खोजेको उनले आरोप लगाए । ‘अहिले सोसियल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन । सोसियल मिडियावाला स्टन्टवाला भन्ने गरेका छौँ हामीले । पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ । उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन’, उनले भने, ‘नयाँ नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ । यहाँ लडेर हेरे नि नेताहरुलाई के गर्न सके रु के गर्न सकेनन् रु त्यस्ता ठाउँमा हल्लाबाज हल्लाखोर भनेर बुझे । जहाँ बुझ्न पाएका छैनन्, त्यहाँ त्यसको प्रभाव देखिएको छ । त्यस करण त्यो प्रभावलाई पनि तर्क र खण्डनद्वारा हामीले स्थापित गर्नुछ ।’
प्रचण्डले चुनौतीपूर्ण अवसर नेपाली कम्युनिस्ट पार्टीलाई प्राप्त भएकाले युद्धस्तरमा काममा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर पार्टीलाई जिताउन पनि निर्देशन दिए।कार्यविभाजनको विषयमा निर्वाचनपछि हुने उनको भनाई थियो । ‘२३ दिन युद्ध स्तरमा खट्यौँ भने अहिले हाम्रो पार्टी एक नम्बरको बन्ने सम्भावना छ । यहाँ यो मिल्यो वा मिलेन भन्न परेन । कसको कार्यविभाजन के भनिरहनु परेन । आफ्नो मतदाता नामावली जहाँ छ, निर्वाचन क्षेत्र जहाँ छ, त्यहाँ उम्मेदवारसँग मिलेर पार्टीसँग जोडिएर फिल्डमा भिडिहाल्ने हो । यही हो अहिले सबैको कार्यविभाजन । योभन्दा राम्रो कार्यविभाजन अरू हुन सक्दैन । चुनाव जितिसकेपछि विस्तारमा हिसाब गरौँला’, उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x