बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026

नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा नेता मात्र होइन, मतदाता पनि दोषि छन्ः राप्रपा अध्यक्ष लिङदेन

काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई आग्रह गरेका छन् ।
श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आग्रह गरेका हुन् ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरुको मात्र नभई मतदाताको समेत दोष रहेको उनको भनाइ छ ।

अध्यक्ष लिङदेनले मतदान कन्यादान भन्दा समेत ठूलो कुरा भएको उल्लेख गर्दै सचेत भई राष्ट्र र समाजलाई चाहिने नेतालाई मात्र मतदान गर्न आग्रह गरे । मत एउटा गलत गलत व्यक्ति र गलत पार्टीलाई प¥यो भने सिंगो समाज र देशले दुःख पाउने उनको बुझाइ छ

उनले भने, ‘देश चुनावमा पसिसक्यो, २०,२१ दिन बाँकी छ । म यत्तिमात्र भन्छु तपाईहरु भोटदिनु अघि हजार चोटी सोचेर मात्र दिनुस् । हामीले लामो समयदेखि भन्दै आयौँ यो देशलाई धर्म निरपेक्ष बनाउनेमा यो संविधानमै धर्म निरपेक्ष शब्द घुसाउनेमा नेताको मात्र दोष छैन । त्यो नेतालाई भोट दिने हाम्रो हातको पनि दोष छ । हामीले भोट नदिएको भए धर्मनिरपेक्ष राष्ट्र बनाउँछु भनेर घोषणा पत्रमा लेखेर हिँड्नेहरुलाई भोट नदिएको भए देश धर्म निरपेक्ष हँुदैन्थ्यो । त्यसकारण यो देश धर्मनिरपेक्ष बन्नुमा हामी धर्मको ठाउँमा हिन्दु लेख्नेहरुको गल्ति छ । र आउने दिनमा आफ्नो हात आफ्नै धर्मको विरुद्ध प्रयोग नहोस् । अगामी दिनमा पछुताउनु नपरोस् । भोट दिने कुरा त छोरी दिनेभन्दा पनि ठूलो कुरा हो । छोरी दिन हामीले कतिधेरै कुरा हेर्छौँ ? कुटुम्ब आउनेबित्तिकै हामी छोरी दिन्छौँ र ? तर हामीले दिएको एउटा भोट गलत व्यक्ति र गलत पार्टीलाई परेछ भने त सिंगो समाज र सिंगो देशले दुःख पाउँछ ।’

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई अघि सार्दै फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागि हुँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x