सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया मतदानको आधार नबन्ने कांग्रेसको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया मतदानको आधार नबन्ने टिप्पणी गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया र चुनावी आकलन मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताएका हुन् ।
जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्नेमा कांग्रेसले पूर्णतः विश्वास राख्ने उनले उल्लेख गरे । उनले निर्वाचनपछिको परिणामलाई कांग्रेसले सहज रूपमा स्वीकार गर्ने बताए ।
प्रवक्ता चालिसेले आसन्न निर्वाचनमा कांग्रेस एकताबद्ध भएर अघि बढेको सुनाए । पार्टीका उमेदवारहरू सिद्धान्तका प्रतीक भएकाले उनीहरूलाई विजयी गराउने दायित्व सबै नेता–कार्यकर्ताको भएकामा उनले जोड दिए ।
आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेपछि नियमित प्रचारका साथै अरू कार्यक्रम पनि आयोजना गरिने उनको भनाइ छ । शासकीय सुधार र जनतासँग जोडिएका अरू विषयलाई पनि कांग्रेसले प्राथमिकतामा राख्ने उनले उल्लेख गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE