आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

राष्ट्रपति पाैडेल महाशिवरात्रि तथा नेपाली सेना दिवसकाे अवसरमा नेपाली सेनाले आयोजना गरेको विशेष समारोहमा सरिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक भएका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित आइतबार बिहान नेपाली सेनाले आयोजना गरेको सो बढाईं तथा सैनिक कला प्रदर्शनी  २०८२ समारोहमा सरिक भएका हुन् ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्। उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरे।

समारोहमा सेनाले विभिन्न आकर्षक रणकौशल, मार्चपास तथा परम्परागत भेषभुषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गरे। उनले प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरे ।

उक्त कार्यक्रममा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्ने सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियो । सो अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गरेको थियो । साथै, राइफल र तोपबाट महाशिवरात्रि बढाईं तथा आकर्षक कवाज प्रस्तुत गरेको थियो ।

सो समारोहमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरेका थिए।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ सरकरी अधिकारी र समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको सहभागिता रहेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x