दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको एमाले अध्यक्ष ओलीकाे दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन् ।
सोमबार झापा ५ मा चुनावी घरदैलोको क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । झापा ५ का उम्मेदवार समेत रहेका ओलीले दमकमा बनेको टावर भ्यूटावर नभएर एउटा बिजनेस कम्प्लेक्स भएको बताए । उक्त बिजनेस कम्प्लेक्सलाई नयाँ खालको आईटी हबको रूपमा विकास गर्ने सोच अनुसार अगाडि बढाएको उनको भनाइ छ । तर नबुझ्ने मान्छेहरूले यो किन चाहियो भनेर विरोध गर्ने गरेको उनले बताए ।
उनले भने, ‘भ्यूटावर भन्छन् । यो वास्तवमा भ्यूटावर नै होइन । यो एउटा बिजनेस कम्प्लेक्स हो । नयाँ खालको आईटी हबको रूपमा यसलाई विकास गर्ने सोचअनुसार अगाडि बढाएका हौं । त्यो कुरा चाहिँ नबुझ्ने मान्छेहरूले किन चाहियो भन्छन् । यो एकजना परिवार वा म गएर बसोबास गर्न बनाएको त होइन नि । यो ठाउँको विकास गर्नलाई बनाएको हो ।’
अध्यक्ष ओलीले उक्त टावर विकासको एउटा झण्डा भएको दाबी गर्दै ‘भविष्यमा दमक चिनिने भनेको सोही टावरको कारण भएको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE