बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

नेपाल र नेपालीको प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान महत्वपूर्णः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन् ।

नेपाल शेर्पा संघले मंगलवार आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ मे फो त ल्हो ९नयाँ वर्ष० शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदान गर्वको विषय भएको बताएका हुन् ।

हिमाली क्षेत्रबाट उद्गम भएको शेर्पा समुदाय आज विश्वभर फैलिएर नेपाललाई चिनाउन सफल भएको उनको भनाई छ । पर्यटन र पर्वतारोहण क्षेत्रमा विश्वव्यापी ख्याति कमाएको शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिका रूपमा परिचित रहेको उनले बताए।

शेर्पा समुदायको मौलिक पहिचान, संस्कृति र राष्ट्रिय योगदानको उच्च प्रशंसा गर्दै उनले नेपालको मौलिक पहिचान भनेकै यहाँका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व भएको उल्लेख गरे। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक–सांस्कृतिक विविधताबीच आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान बोकेको शेर्पा समुदाय नेपालको आदिवासी समुदायका रूपमा महत्वपूर्ण रहेको उनको भनाइ छ।

राष्ट्रपतिले ल्होसार जस्ता चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताए । मौलिक नेपाली पहिचान अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनको भनाई छ ।

उनले भने, ‘हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातीमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदीवासी समुदाय हो । नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन यस समुदायको महत्वपुर्ण योगदान रहेको छ । वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाती, भाषभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडवर्प हो । नेपालको पर्यटन, पर्वतारोहण क्षेत्रमा ख्याती कमाएका शेर्पा समुदाय ईमानदार, परिश्रमी र प्रकृतिप्रेमी जातीका रुपमा परिचित छन् । नेपालको हिमाली क्षेत्रबाट फैलिएको यो जाती आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्रै नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनिय भुमिका निर्वाह गर्दै जानु खुशीको विषय हो । यसप्रकारको चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भातृत्व अभिवृद्धिमा महत्वपुर्ण योगदान दिँदै आएको छ । यो मौलिक नेपाली पहिचानलाई अक्षुन्न राख्दै राष्ट्रिय एकताको भावनालाइै सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो ।’

हिमाली बौद्ध पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन ग्याल्पो ल्होसार मनाइने परम्परा रहेको छ । यसै दिनबाट नयाँ ‘ल्हो’ वर्ग तथा संवत परिवर्तन भई नयाँ वर्ष आरम्भ हुने विश्वास गरिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x