सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभई सुझबुझपूर्ण सहकार्य र बलियो संस्थागत संरचना आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।

सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद) को सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, ‘हेर्दाहेर्दै पपुलिजमको एउटा ठूलो लहर आएको छ । यसको आक्रमणबाट नेपालको लोकतन्त्रलाई हामीले जोगाउनसक्छौँ कि सक्दैनौँ भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

उनले क्षणिक लोकप्रियताका लागि गरिने राजनीतिले लोकतन्त्रको मर्मलाई कमजोर बनाउनसक्ने भन्दै सचेत रहन आग्रह गरे।

संस्थागत विकासको आवश्यकता
राज्यका संस्थाहरू बलियो नभए राष्ट्र असफल हुनेतर्फ इङ्गित गर्दै सभापति थापाले ‘ह्वाई नेसन्स फेल’ पुस्तकको सन्दर्भ उल्लेख गरे। उनले संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी पाएमा त्यसको भार मुलुकले थाम्न नसक्ने बर्ताए ।

‘लोकतन्त्रलाई दिगो बनाउन र मुलुकलाई सही दिशामा लैजान बलिया संस्थाहरूको निर्माण अपरिहार्य छ,’ उनले भने।
टिम नेपालको अवधारणा
मुलुकको समृद्धिका लागि एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै उहाँले ‘टिम नेपाल’ को अवधारणा अघि सारे। उनकाअनुसार टिम नेपालभित्र ७ वटा प्रदेश, ७ सय ५३ वटा स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दलहरू, निजी क्षेत्र र आम नागरिक समेटिनुपर्छ । सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिनसक्ने उनको भनाइ थियो ।
पुरानो र नयाँको परिभाषा
नेपाली काँग्रेसको ऐतिहासिक विरासत र वर्तमान सान्दर्भिकताकाबारे बोल्दै सभापति थापाले काँग्रेस पुरानो पार्टी भएर पनि सधैँ नवीन रहने जिकिर गरे ।
उनले भने, ‘नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी भएकोमा गौरव गर्छ, तर यसले सडकमा आएका नौजवानहरूको आवाजलाई पनि उत्तिकै सुन्छ । त्यसैले यो सबैभन्दा पुरानो पार्टी पनि हो र समयको माग अनुसार चल्ने सबैभन्दा नयाँ पार्टी पनि यही हो ।’

सहकार्य र सुधारको बाटो
देशको मुहार फेर्न रिस र उत्तेजना काम नलाग्ने बताउँदै सभापति थापाले राष्ट्रिय एकता र राजनीतिक सहकार्यमा जोड दिए।

देश बनाउन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सबै शक्तिहरूको आवश्यकता औंल्याउँदै उनले भने, ‘सबैलाई मिलाएर लिएर जाने जिम्मेवारी र क्षमता नेपाली कांग्रेससँग छ ।’
मुलुकलाई दुर्घटनाबाट बचाउन र नागरिकलाई सेवा प्रवाह गर्न काँग्रेस नै अहिलेको सही विकल्प भएको उनको दाबी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x