सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा। युवराज खतिवडा

काठमाडौं। एमाले नेता एवं पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले एमालेको चुनावी घोषणापत्र विगतको भन्दा भिन्न र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन् ।

ठूला वाचा गर्ने तर पूरा नहुने स्थिति अन्त्य गर्न यसपटक लागत र स्रोतको समेत आँकलन गरिएको उनको भनाइ छ । डा। खतिवडाकाअनुसार यसपटकको घोषणापत्रमा ‘देश पहिला, राष्ट्र पहिलो’ भन्ने मूल मन्त्र राखिएको छ । उहाँले लोकतन्त्र कालमा भएका उपलब्धि र कमी–कमजोरीलाई वस्तुनिष्ठ ढंगले प्रश्तुत गरिएको बताए । घोषणा गरिएका ११ बुँदे कार्यक्रमहरूका लागि राज्यलाई राजश्वको करिव २ प्रतिशत मात्र दायित्व पर्ने डा। खतिवडाको दाबी छ । उहाँले यसले देशको ऋणभार नबढाउने बरु न्यायिक पुनर्वितरण गर्ने स्पष्ट पारे । सरकारले आफैँ उद्योग नचलाउने तर रणनीतिक क्षेत्रमा मात्र हात हाल्ने उनको धारणा छ । निजी क्षेत्रलाई प्रतिष्पर्धी बनाएर काम र रोजगारी सिर्जना गर्ने वातावरण बनाइनेछ ।

उनले भने, ‘हामीले कसैलाई गाली गरेर होइन, सबैसँग समन्वय गरेर उच्च राजनीतिक चरित्र देखाउने कोशिस गरेका छौं । यो बनाउने र बिगार्ने बीचको छनोट हो । हामी राजश्व परिचालनमा कुनै कसर बाँकी राख्दैनौं । राजश्वको आधार बढाएर, सूचना प्रविधिको प्रयोग गरी चुहावट रोकेर यो स्रोत जुटाइनेछ ।’

नेपालको भूमिलाई कुनै छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाउँदै उनले अरुले पनि नेपालको आन्तरिक मामिलामा अस्थिरता ननिम्त्याउन् भन्ने एमालेको चाहना रहेको बताए । उनले नेपाललाई प्रविधि र लगानी आवश्यक रहेकाले सबैसँग मित्रवत सम्बन्ध राख्ने तर कसैको षड्यन्त्रको शिकार नबन्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x