सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

काठमाण्डौ मेडिकल कलेजले साम्बाकाे उपचार निःशुल्क गर्ने

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको उपचार काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने जनाएको छ ।

महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले हिजो सहयोगको अपील गरेपछि केएमसीको प्रशासन प्रमुख नारायणप्रसाद दाहालले उनी नेपालमै उपचार गर्न तयार भए अस्पतालले उपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका छन् ।

कतारको अस्पेटार अस्पतालमा भएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसीएलमा गम्भीर समस्यापछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ ।

हिजो सामाजिक सञ्जालमार्फत साम्बाले आफ्नो उपचारका लागि झन्डै ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग आह्वान गरेकी थिइन् ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले साम्बाको उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेको बताएको छ ।

अस्ट्रेलियन ए लिग फुटबल खेल्ने क्रममा डेढ महिनाअघि साम्बाको घुँडामा चोट लागेको थियो । वेलिङ्गटन फिनिक्समा आबद्ध उनी ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x