चुनावी सुरक्षाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ : चुनौती उत्पन्न गर्न सक्ने व्यक्ति र समूहको निगरानी गर्न निर्देशन
काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् ।
बालुवाटारमा हिजो भएको छलफल उच्च हिमाली क्षेत्रको सम्भावित मौसम अवस्था, होली पर्व तथा अन्य सुरक्षा अवस्थाबारे केन्द्रित थियो । प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै चुनौतीबारे सचेत रहन निर्देशन दिएकी छिन् ।
सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री कार्कीले सुरक्षा चुनौती उत्पन्न गर्न सक्ने सम्भावित व्यक्ति र समूहको निगरानी गर्न निर्देशन पनि दिइन् । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE