शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

प्रलोपाका उम्मेदवार जनार्दन शर्माद्वारा मतदान, जित सुनिश्चित भएको दाबी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् ।

उनले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन. ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले आफ्नो जित सुनिश्चित भएको बताए ।

शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

रुकुम पश्चिममा उहाँको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ । मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x