सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

कतिपय मतदाताले मतपत्रमा कुनैपनि चुनाव चिन्हमा सङ्केत नगरि मतपेटिकामा खसालेः आयोग

काठमाडौं । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भई नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तिब्रता दिएको छ ।

निर्वाचन आयोगकाअनुसार हालसम्म देशभरबाट समानुपातिकतर्फ करिव ३ लाख मतगणना सम्पन्न भइसकेको छ । शनिवार सञ्चारकर्मीसँग सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका क्रममा कति मत बदर भयो भन्ने विषय आम चासोको विषय भएको बताए। अझै मत गणना गर्न बाँकी रहेकाले अहिले नै बदर मतको यकिन तथ्याङ्क दिन नसकिने उनको भनाइ छ ।

जिसीले अहिले छिटपुट रूपमा बदर मतका विवरणहरू आइरहेको भएपनि एकमुष्ट तथ्याङ्क आउन बाँकी रहेको बताए। आयोगकाअनुसार कतिपय निर्वाचन क्षेत्रहरूमा मतदाताहरू भोट हाल्न नै नआएको र केही ठाउँमा निकै कम प्रतिशत मात्र मतदान भएको छ । यसका साथै, कतिपय मतदाताले मतपत्रमा कुनैपनि चुनाव चिन्हमा सङ्केत नगरिकन खाली नै मतपेटिकामा खसालेको पाइएको छ । कुनैपनि चिह्नमा सङ्केत नगरिएका र खाली राखिएका मतपत्रहरू स्वतः बदरभागी हुने र रद्ध हुने कानूनी व्यवस्था रहेको उनले बताए ।

उनले भने, ‘अहिलेसम्म मतगणना भएको एकमुष्ट विवरण र बदर मतको सङ्ख्या नआएको हुनाले अन्तिम परिणाम आइसकेपछि मात्र यो सङ्ख्या यकिन गर्न सकिन्छ । सबै निर्वाचन क्षेत्रको परिणाम आइसकेपछि सदर मत र बदर मतको कुल सङ्ख्या निस्कन्छ र त्यसपछि मात्र बदर मतको प्रतिशत निकाल्न सकिन्छ । त्यसैले अहिले नै यसै भन्न सकिने अवस्था छैन ।’

प्रत्यक्षतर्फको नतिजा आउने क्रमसँगै समानुपातिकको गणना पनि सँगसँगै अगाडि बढाइएकोले छिट्टै सम्पूर्ण नतिजा सार्वजनिक हुने आयोगको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x