बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

आन्तरिक छलफलमा जुट्यो नेकपा

काठमाडौं । प्रतनिधि सभा निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै नेपाली कम्युनिष्ट पार्टी आन्तरिक छलफलमा जुटेको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगाएतका पार्टीका शीर्ष नेताहरु बुधबार पार्टी कार्यालय पेरिस डाडामा छलफलमा जुटेका हुन् ।

प्रत्यक्ष तर्फ ७ सिट तथा समानुपातिकमा ८ लाख ९ हजार २९० मत ल्याएर संसदमा चौथो ठूलो दल बन्न पूगेको नेकपाले सोचेअनुसार चुनावी नतिजा प्राप्त गर्न सकेको छैन। संयोजक प्रचण्ड बाहेक पार्टीका अन्य शीर्ष नेताहरुले पराजय भोग्नु परेको छ । बुधबारको छलफलमा पार्टी भित्रका कमी कमजोरीको समिक्षा एवं समानूपातिक तर्फ सिफारिस गरिने नाम लगाएतका बारेमा समेत छलफल हुने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x