समानुपातिक तर्फको मतगणना सम्पन्न, रास्वपाले ५७ सिट थप्दा नेकपालाई ९ सिट मिल्ने निश्चित
काठमाडौं । समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएर समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ ।
यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत ल्याएर समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ ।
प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ ह्जार ७५९ मत पाएको छ । जस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।
प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ । यसअनुसार नेपाल कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ ।
चार महिना अघि खुले पनि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ । उसले समानुपातिकमा ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ ।
प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउने सम्भावना छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ भोट पाएको छ । अब दलहरूले कति मत पाए भनेर त्यसको सिट बाँडफाँटको काम अगाडि बढ्ने निर्वाचन आयोगले जनाएको छ ।
दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनः हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE