बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

अमेरिकामा भण्डारण बढेसँगै विश्व बजारमा आज तेलको मूल्य घट्यो

काठमाडौं। विश्व बजारमा तेलको मूल्य आज केही घटेको छ । अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्याङ्क अनुसार अमेरिकी कच्चा तेलको भण्डारण उल्लेखनीय रूपमा बढेको छ । अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्य प्रति ब्यारेल १।१५ डलरले घटेर १०२।२७ डलरमा झरेको छ भने अमेरिकी मापदण्डको तेलको मूल्य १।५४ डलरले घटेर ९४।६७ डलर प्रति ब्यारेलमा झरेको छ ।अमेरिकामा मार्च १३ तारिखमा कच्चा तेलको भण्डारण ६।५६ मिलियन ब्यारेलले बढेको थियो । यसअघि झन्डै ३ सय ८० हजार ब्यारेल मात्र वृद्धि हुने अनुमान गरिएको थियो । अपेक्षाभन्दा धेरै भण्डारण बढेपछि तेलको मूल्यमा गिरावट आएको रोयर्टसले उल्लेख गरेको छ ।इराकले टर्कीएको सिहान बन्दरगाहमार्फत् तेल निर्यात पुनः शुरू गर्ने सहमति गरेको छ । त्यस्तै, लिबियाको राष्ट्रिय आयल कर्पोरेशनले आगलागीका बाबजुद पनि उत्पादन निरन्तर रहेको जनाएको छ ।विश्लेषकहरूका अनुसार, आपूर्ति बढ्नु र भण्डारण उच्च हुनुका कारण अहिले तेलको मूल्य केही घटेको भए पनि भूराजनीतिक तनावले आउँदा दिनमा मूल्यमा उतारचढाव ल्याउन सक्ने सम्भावना छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x