सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आजदेखि मौसममा सुधार आउदै

काठमाडौं । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै आजदेखि मौसममा सुधार आएको छ ।

गएरातिदेखि नै मौसममा सुधार भएको र आज हिजो अस्तिको जस्तो पानी पर्ने नपनेर्ए मौसमविद्ले जनाएका छन् ।

तर प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आज पनि मौसममा छिटफुट बदली भने रहनेछ । घाम लाग्ने, फेरि बदली हुने क्रम प्रि–मनसुनमा रहिरहनेछ ।

आज देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका एक–दुई ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x