बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

आइतबार नेप्सेमा भारी अंकको बृद्धि, २३ अर्ब बढीको कारोबार

काठमाडौं । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ ।

नेप्सेमा दोहोरो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो ।

गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । आइतबार २३ अर्ब ५९ करोडको कारोबार भयो । यो कारोबार रकम पनि गत साउन ११ गतेयताकै उच्च हो । १८३ कम्पनीको मूल्य बढ्दा ७३ को घट्यो भने ८ को स्थिर रह्यो ।

व्यापार बाहेक सबै समूहका सूचक बढे । १० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

१० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र विजय लघुवित्त छन् ।

सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो ।

त्यस्तै आइतबार धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट, ङादी ग्रुप र हिमाल दोलखा हाइड्रोपावर छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x