शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

महासंघ उपाध्यक्षका उम्मेदवार घिमिरेले भने- ‘आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति ल्याउन पहल गर्छु’

काठमाडौं।नेपाल उोग वाणिज्य महासंघको आसन्न निर्वाचनको वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र निर्माण आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा अञ्जन श्रेष्ठ समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति आवश्यक रहेको औंल्याउँदै त्यसका लागि निर्णायक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले विश्वव्यापीकरणका कारण विकासशील मुलुकतर्फ उक्लिरहेको नेपालको साना तथा मझौला उद्योग क्षेत्र जोखिममा परेको भन्दै त्यसको संरक्षण पनि आफ्नो प्राथमिकता रहने उल्लेख गरे ।

युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै स्टार्टअपका लागि सुरक्षित र प्रोत्साहनमूलक वातावरण निर्माण गरिने समेत उनको भनाइ छ । साथै, प्रविधिमा आधारित व्यवसायलाई अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य घिमिरेले प्रतिवद्धता जनाए ।

एफएनसीसीआईको यही चैत २९ र ३० मा हुने ६० औँ वार्षिक साधारण सभाले अध्यक्षबाहेक अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको चयन गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x