शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानून मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन् ।

बिहीवार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले अन्य मन्त्रालयमा जाँदा आफूले कानुन मन्त्रालयमा आउने फाईलहरु अड्केर बस्ने गरेको गुनासो आएको बताएका हुन् । कानूनी अस्पष्टता, सम्बन्धित निकायबाट आवश्यक जानकारी समयमै नआउने र आपसी समन्वय अभावका कारण काममा ढिलाइ हुने गरेको पाईएको उनको भनाइ छ ।

उनले समस्या समाधानका लागि कर्मचारीहरू आफैँ सक्रिय हुनुपर्नेमा जोड दिए ।आफूले सम्हालेका मन्त्रालयमध्ये कानून मन्त्रालयमा सुशासन कायम रहेको पाएको बताउदै उलने आगामी दिनमा पनि सुशासन कायम राखेर काम गर्न उहाँले आग्रह गरे ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रालय समेत सम्हालेका अनिलकुमार सिन्हाले चाहेर पनि पोखरा र भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याउन नसकेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नसकिएको उनले स्वीकार गरेका हुन् । पर्यटन मन्त्रालय आफूले समाल्दै गर्दा अत्यन्त अव्यवस्थित अवस्थामा पाएको उनको भनाइ छ ।

उनले ठूला पूर्वाधार निर्माण भएपनि तिनलाई सञ्चालन गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजनाको अभाव रहेको बताउनु भयो ।
पशुपति क्षेत्रविकास कोष, लुम्बिनी विकास कोषलाई सुधार गर्न पनि कार्ययोजना बनाएको मन्त्री सिन्हाले जानकारी दिए । वर्तमान सरकारले धेरै उपलब्धी हासिल नगरेपनि सकरात्मक वातावरण बनाईदिने काम गरेको उनको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x