सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

दार्चुलामा जीप : दुर्घटना सिँचाइ कार्यालयका २ जना कर्मचारीको मृत्यु

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलामा आज बिहान जीप दुर्घटना हुँदा सिँचाइ कार्यालयका दुई जना कर्मचारीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मालिकार्जुन गाउँपालिका–७ की मनिषा पाल र अर्का कर्मचारी शैल्यशिखर–१ का भरतबहादुर तितराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–४ का जीप चालक प्रकाश ठगुन्ना, विक्रम महर, अकबर महरा र मीनबहादुर पाल घाइते हुनुहुन्छ । उहाँहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

जीप दुर्घटना हुनुको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x