बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारका लागि सञ्चारमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । मुगु जिल्लाका युवाहरूले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनाको ध्यानाकर्षण गरेका छन् ।

सरकारको १०० बुँदे शासकीय सुधार अन्तर्गतको कार्यसूचीमा समेत यो विषय नपरेको भनेर उनीहरूले सञ्चारमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् ।
आशिष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले सञ्चारमन्त्री तिमल्सिनासँग भेटेर जिल्लाको वास्तविक अवस्था, भौगोलिक समस्या र समाधानका उपायसहितका सुझाव प्रस्तुत गरेका हुन् ।

उनीहरूले प्रस्तुत गरेको तथ्यांकअनुसार मुगु जिल्लामा रहेका २४ टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र फोरजी सेवा सञ्चालनमा रहेको छ भने बाँकी स्थानमा अझै टुजी वा कमजोर नेटवर्क छ ।

४५ वडामध्ये करिब ३० वडामा मात्र सीमित कभरेज पुगेको छ र प्रभावकारी इन्टरनेट पहुँच ५ प्रतिशतभन्दा कम रहेको भनिएको छ ।

६४ हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा इन्टरनेट प्रयोगकर्ता अत्यन्त न्यून रहेको र धेरै नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको भनेर युवाहरूले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x