शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४सय रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलाको २ हजार ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेकोमा आज घटेको हो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३० रुपैयाँ रहेकोमा आज ४ हजार ७ सय ८० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x