अनुष्का श्रेष्ठले गरिन् जीवित आदिवासी संग्राहलय स्थापना गर्न माग
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले जीवित आदिवासी संग्राहलय स्थापना गर्न सरकारसँग माग गरेकी सिछन् ।
मंगलवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सो माग गरेकी हुन् । पर्यटन क्षेत्रमा दिगो आम्दानी गर्न, विश्वसामू नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखौं नेपालीहरुलाई पहिचानसँग पुनः जोडन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो अवधारणा अघि बढाउन आफूले प्रस्ताव गरेको सांसद श्रेष्ठको भनाई थियो ।
सांसद श्रेष्ठले आदिवासी जनजातिहरुको भाषालाई जीवन्त बनाउन पनि सो अवधारण अतिआवश्यक रहेको तर्क समेत गरिन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE