शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

आफ्नो १० औँ स्थापना दिवसको अवसरमा होटल पौवा काठमाडौं शाखाद्वारा बाल बिकास केन्द्र आश्रममा खाना खुवाइयो

काठमाडौं । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो १० औं स्थापना दिवस मनाएको छ ।

१० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको होटल पौवाले आज १० वर्षे गौरवमय यात्रा पूरा गरेको उपलक्ष्यमा स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा काठमाडौंस्थित पशुपति भिजन कम्प्लेक्स गौशालामा रहेको शाखाले काठमाडौं कात्यायनी नजिक रहेको अनमोल बाल बिकास केन्द्र आश्रममा खाना खुवाएको छ ।

यस्तै नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डीङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले १० औँ स्थापना दिवसको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा यही चैत २६ गतेदेखि २८ गतेसम्म “ पौवा स्वाद उत्सव–२०८२” कार्यक्रम समेत आयोजना गरेको छ ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त स्वाद उत्सवको कार्यक्रम रहेको होटल पौवा परिवारले जानकारी दिएको छ ।

१९ जनाको लगानीबाट सुरु भएको पौवामा २५० बढी लगानीकर्ता, १ हजार बढी कर्मचारी र २० वटा शाखा विस्तार भएको छ ।

होटल पौवाले युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको समेत दाबी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x