शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

चट्याङसहित वर्षा गराउने प्रणाली पूर्वी भूभागतर्फ सर्दै

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, देशका केही स्थानमा आज (चैत २६) पानी परिरहेको छ । हाल कोसी प्रदेशका केही स्थानहरूमा तथा मधेस र वाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले बताएको छ । ूहाल कोसी प्रदेशका केही स्थानहरूमा तथा मधेस र वाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ,ू विभागले भनेको छ ।

कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका बाँकी पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।

चट्याङसहित वर्षा गराउने यो प्रणाली कोसी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ लगायतका पूर्वी भूभागतर्फ सर्दै गएको विभागले जनाएको छ ।

ूचट्याङसहित वर्षा गराउने यो प्रणाली कोसी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ लगायतका पूर्वी भूभागतर्फ सर्दै गएकोले सतर्क रहन विभागले आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x